लामो समयपछि लयमा फर्किने कसरतमा रहेको नेपाली सिने उद्योगलाई ‘म यस्तो गीत गाउँछु २’ले थोरै आशा र खुसी दियो।
यो चलचित्र नेपाली दर्शकले लामो समयदेखि पर्खिएको चलचित्र थियो। चलचित्र रिलिज हुने अघिल्लो दिन चलचित्रका मुख्य पात्र पल शाहविरुद्ध बलात्कारको जाहेरी पर्यो।
त्यसपछि कलाकारले फिल्म चलाउनका लागि विभिन्न फण्डा पनि गरिरहेका छन्। फिल्मले हलमा दर्शक राम्रै तानिरहेको छ।
यो फिल्म जस्तै दर्शकले पर्खिएको अर्को फिल्म हो ‘लप्पन छप्पन २’।
मुकुन्द भट्टले निर्देशन गरेको यो चलचित्र पनि कोरोनाका कारण लामो समयदेखि प्रदर्शनको पखाईमा छ। यहि फागुन २० गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रलाई चलिरहेको ‘प्रेम गीत २’ र हलिउड चलचित्र ‘ब्याटम्यान’ चुनौती बन्ने देखिएको छ।
ठूलो लगानीमा निर्माण भएको यो चलचित्रको लगानी उठाउन पनि फिल्म चल्नै पर्ने हुन्छ। तर फागुन १३ बाट प्रदर्शनमा आएको ‘म यस्तो गीत गाउँछु २’ले राम्रो व्यापार गरिरहेको छ।
अर्को तर्फ फागुन २० बाटै हलिउड चलचित्र ‘ब्याटम्यान’ प्रदर्शन हुँदै छ। यी दुई फिल्मले ‘लप्पन छप्पन २’को व्यापारमा असर गर्ने देखिन्छ।
चलचित्र ‘लप्पन छप्पन २’मा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शिव श्रेष्ठ, शक्ति श्रेष्ठ लगायतका कलाकारले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया