क्लास्सिक टेकको भगिनी कम्पनी कारो फिल्म्स प्रालिकी प्रबन्धनिर्देशक निशा खरेल र लेखक नयनराज पाण्डेबीच चर्चित उपन्यास लूको कपिराइट (प्रतिलिपि अधिकार) हस्तान्तरण गर्ने सम्झौता भएको छ।
क्लासिक टेकको मुख्य कार्यालयमा सो समारोह सम्पन्न भएको थियो। यससँगै आगामी दिनमा कारो फिल्म्सले अरु पनि वेब सिरिज रियालिटी शोहरु निर्माण गर्ने बताएको छ।
चलचित्र लूको पटकथा पनि लेखक नयनराज पाण्डेले नै लेख्ने भएका छन्। यो भएसँगै कारो फिल्म्सले नेपालमा उच्च गुणस्तर एवं रमणीय र बिग बजेट चलचित्रहरु आगामी दिनहरुमा निर्माण गर्ने उद्देश्यले आफ्नो स्थापना भएको बताएको छ।
्
साथै आउने दिनमा नेपालको फिल्मी क्षेत्रमा उत्कृष्ट प्रविधि भित्र्याउने र ठूला बजेटका चलचित्र हरु बनाएर नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइमा लाने कारो फिल्म्सको उद्देश्य रहेको प्रबन्धनिर्देशक खरेलको भनाइ छ।
Shares

प्रतिक्रिया