कला


प्रकाश सपुतको ‘पिर’मा दीपकराज गिरीको प्रतिक्रिया

प्रकाश सपुतको ‘पिर’मा दीपकराज गिरीको प्रतिक्रिया

नेपालखबर
चैत १, २०७८ मंगलबार १५:३७, काठमाडौँ

प्रकाश सपुतले हालै सार्वजनिक गरेको म्युजिक भिडिओ ‘पिर’ अहिले निकै चर्चामा छ। यसको भिडिओमा पूर्व माओवादी लडाकुको दुःख देखाउने क्रममा पूर्व महिला छापामार यौन व्यवसायमा लागेको सांकेतिक दृश्य राखिएको छ।

जसले जनयुद्धकै अपमान गरेको भन्दै माओवादी सम्बद्ध नेताहरूले युट्युबबाट गीतै हटाउन चेतावनी दिइरहेका छन्। 

यसै सन्दर्भमा कलाकार दीपकराज गिरीले पनि मंगलबार आफ्नो प्रतिक्रिया व्यक्त गरेका हुन्। 

उनी लेख्छन् :

पीर गीत असाध्यै राम्रो!

मलाई पनि छोयो, धेरैलाई छोएको हुनुपर्छ!

तर केही मानिस मौका यही हो भनेर माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको पनि देखेँ। 

त्यस्तो कुनचाहिँ पार्टी छ, जहाँ केही मानिसको रजाइँ र केही मानिसको हरिबिजोक भा’छैन? 

कुनचाहिँ दलका मान्छेले हाम्रो पार्टी मा त्यस्तो अवस्था छँदै छैन भनेर  ठोकुवा गर्न सक्छ? 

उसैको विचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने, अनि सत्तोसराप पनि उसैलाइ गर्ने!

हो, गीत बन्द गर्न दबाबचाहिँ दिनु गलत नै हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad