कला


राजाराम पौडेलले ल्याए ‘राजाराम निवास’

राजाराम पौडेलले ल्याए ‘राजाराम निवास’

नेपालखबर
चैत २, २०७८ बुधबार ११:५, काठमाडौँ

एमई टिभीको प्रस्तुतिमा रेस्क्यू क्रिएसनले पारिवारिक कमेडी सिरियल ‘राजाराम निवास’ निर्माण गरेको छ।

निर्देशक नवल नेपाल निर्देशित सिरियल कलाकार राजाराम पौडेल वरपर घुमेको छ।

सिरियलमा राजारामलाई सरकारी जागिरबाट अवकाशप्राप्त कर्मचारीको रुपमा प्रस्तुत गरिएको छ। सिरियलमा उनी लोभी चरित्रका छन्।

‘नेपालका पचास जिल्ला पुगेर कामको अनुभव सँगालिसकेका राजारामलाई त्यहाँको रहनसहन, रीतिरिवाज, बोलीचाली, भाषासंस्कृतिको ज्ञान छ’, निर्देशक नेपाल भन्छन्, ‘अवकाश प्राप्त जीवनलाई राजारामले कसरी सदुपयोग गरिरहेका छन् भन्ने कुरा ‘राजाराम निवास’मा देखाएका छौं।’

सिरियलमा राजारामका अलावा विमला गिरी, निर्मल न्यौपाने, अर्चना खनाल, साहिना भट्टराई र खड्गबहादुर पुन मगर(खबपु)को अभिनय छ।

म्युजिक भिडियो निर्देशक समन अधिकारीको कथा र महेश दवाडी तथा दिनेश न्यौपानेको लेखन रहेको टेलिसिरियलमा अर्जुन पोखरेल र विनोद खम्बुको संगीत, विनोद भुजेलको पार्श्व संगीत, मुक्त उदास र हरि उप्रेतीको गीत, मदन काश्यप घिमिरेको छायांकन, गौतम खड्काको सम्पादन र भीष्म आचार्यको प्रोडक्सन छ। सिरियलको कार्यकारी प्रमुख रमेश अधिकारी हुन्।

रेस्क्यू क्रिएसनका प्रमुखसमेत रहेका समनले क्रिएसनमार्फत ७ वटा टेलिसिरियल निर्माण गरिरहेको जानकारी दिए। यी सिरियल विभिन्न च्यानलमार्फत प्रसारणमा आउनेछन्। ‘राजाराम निवास’ चैतको पहिलो साताबाट हरेक बिहीबार साँझ ६ः३० र राती १० बजे कान्तिपुर टिभी र बेलुकी ८ बजे र राति १०ः३० बजे एम ई टिभीबाट प्रसारण हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad