कला


लोक नृत्यको अनुसन्धान गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

लोक नृत्यको अनुसन्धान गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठान

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०७८ शुक्रबार १०:७, काठमाडौँ

गण्डकी प्रज्ञा प्रतिष्ठानले विभिन्न जातिको नृत्यबारे अनुसन्धान गरिरहेको छ। लोपोन्मुख नृत्यको संरक्षण गर्दै पुस्तान्तरण गर्ने लक्ष्यका साथ अनुसन्धान गरिएको हो।

गत माघ १ गतेदेखि सुरू भएको अनुसन्धान चैत मसान्तभित्र सक्ने तयारी गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति तथा अध्ययन अनुसन्धान उपसमिति संयोजक गोरे गुरुङले जानकारी दिए। उनका अनुसार अनुसन्धानकर्ता अहिले गण्डकीका ११ वटै जिल्ला पुगेर अनुसन्धान गरिरहेका छन्। 

चैत ३० गतेभित्रमा अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानलाई बुझाउनुपर्ने समय निर्धारण गरिएको छ।

अनुसन्धानकर्ताले अक्षर र भिडियोसमेतका जानकारी संकलन गरिरहेको संयोजक गुरूङले बताए। उनले भने‚ ‘यस वर्ष सबै जातिलाई समेट्न नसके पनि बाँकी जातिलाई क्रमैसँग अर्को वर्ष छनोट गर्दै अनुसन्धान गरिने छ।’

प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठका अनुसार अनुसन्धान आफैँमा ऐतिहासिक पाटो भएको तथा प्रतिष्ठान स्थापनाको छोटो समयमा थोरै बजेटमा यो वर्ष कम्तीमा ३० वटा लोपोन्मुख नृत्यको अनुसन्धान र छायाङ्कन गर्न लागिएको हो। छायांकन गर्ने नृत्य २३ मिनेटदेखि दुई घण्टा ५८ मिनेटसम्मका हुने छन्।

‘अब हामी श्रव्यदृश्य कक्ष तयार गर्ने छौँ, जहाँ हामीले अनुसन्धान बाट प्राप्त गरेका यथार्थ कुरा नयाँ पिँढीलाई देखाउने छौँ,’ उनले भने, ‘अनुसन्धान कार्यका लागि १४ अनुसन्धानकर्ता छनोट गरिएको छ।’

यस वर्ष छनोट भएकामा थकाली जातिका लागि ज्योति भट्टचन, कुमाल जातिका लागि ईश्वर कुमाल, छन्त्याल जातिका लागि हरिचन छन्त्याल, माझी जातिका लागि नम्रता केसी, गुरुङ जातिका लागि तेजबहादुर गुरुङ, मगर जातिका लागि मनोज घर्तीमगर, थारु जातिका लागि डा। विष्णुकुमार सिञ्जाली रहेका छन्।

यसैगरी दरै जातिका लागि राजकुमार दरै, तामाङ जातिका लागि कुमार तामाङ, दुरा जातिको लागि लालबहादुर भुजेल, ब्राह्मण तथा क्षेत्री जातिको लागि खगराज शर्मा, नेवार जातिका लागि रमेश लिगल, दमाई जातिका लागि वसन्त खनाल र गन्धर्व जातिका लागि डा तुलसीराम खनालले अनुसन्धानकर्ताको जिम्मेवारी पाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad