शताब्दीपुरुष सत्यमोहन जोशीको जीवनी प्रकाशित भएको छ।
शुक्रवार ललितपुरको पाटनमा आयोजित एक कार्यक्रमबीच जोशीको जीवनी ‘सत्यमोहन’ गरिएको हो।
पत्रकार गिरीश गिरीले लेखेको जीवनीमा जोशीले आफ्नो १०२ वर्षे जीवनमा राष्ट्रलाई दिइएको योगदानसहित उनको जीवन भोगाई उल्लेख गरिएको छ।
तीनपल्ट मदन पुरस्कार पाएका जोशीले नेपालको पहिलो नक्सा तयार पार्दाको सदस्य, पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक, सांस्कृतिक संस्थानको स्थापना, अरनिकोको पहिचान तथा रंगमञ्चको विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेका छन्।
बुकहिल प्रकाशनले प्रकाशित गरेको पुस्तक लोकार्पणपछि बोल्दै संस्कृतिविद् जोशीले आफूले आफूलाई नै चिन्न नसकेको भन्दै पुस्तकले सत्यमोहन जोशीलाई चिनाउन मद्दत गर्ने बताए।
‘म सोच्थेँ म भित्रको आफु त्यसलाई कसरी चिन्ने? कसरी थाहा पाउने? मैले आफुले आफैलाई अझसम्म चिन्न सकेको छैन। भनेजस्तो किसिमको एउटा दार्शनिक, आध्यात्मिक त्यो मनमा आइरहन्थ्यो। त्यत्तिकैमा मित्र गिरीश गिरीज्यूको संगतले दुई चार कुरा गर्दागर्दै उहाँ टिप्नु हुन्थ्यो अनि उहाँ स्वयम् म सत्यमोहन जोशी भएपनि सत्यमोहन जोशी चाहीँ उहाँ हुनुभो,' जोशीले भने, 'उहाँले सत्यमोहन जोशीकै रुपबाट यो किताब तयार गर्नुभो। सत् प्रतिशत उहाँले सत्यमोहन जोशी भएर लेख्नुभएको किताब हो। यसलाई अनुमोदन गर्ने, यसलाई विश्लेषण गर्ने, टिकाटिप्पणी गर्नु, विवेचना गर्नु पाठकहरुको हातमा छ।’
पुस्तकका लेखक गिरीश गिरीले संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रका लागि गर्नुभएको योगदान व्यापक रहेको र त्यसलाई पछिल्लो पुस्तासम्म पुर्याउने उद्देश्यसहित पुस्तक लेखिएको बताए। जोशीलाई काठमाडौं भित्रका कला, संस्कृतिसँग मात्रै जोडेर साँघुरो रुपमा बुझ्नु नहुने भन्दै उनले जोशीले सिंगो राष्ट्रको कला, संस्कृतिको विकासका लागि योगदान दिनुभएको उल्लेख गए।
यो पनि: जब सत्यमोहनले नै भने– मर्नुअघि गिरीशले लेखेको मेरो जीवनी हेर्ने इच्छा छ
Shares

प्रतिक्रिया