कला


विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’ बजारमा

नेपालखबर
चैत ६, २०७८ आइतबार १४:४५, काठमाडौँ

विमल सिटौलाको उपन्यास ‘निर्दोष डेरावाल’विमोचन भएको छ। पुस्तक  त्रिभुवन विश्वविद्यालयमा शनिबार विमोचन गरिएको हो। वरिष्ठ साहित्यकारद्वय पूर्व प्रा. डा. गोविन्दराज भट्टराई, अञ्जना वस्ती भट्टाराई, साहित्यकार तथा शिक्षाविद् डा. सुरेन्द्र सिटौला, समालोचक साधना प्रतीक्षा, महेश पौडेललगायतले संयुक्त रूपमा पुस्तक विमोचन गरेका हुन्।

यस क्रममा पूर्व प्रा. डा. भट्टाराईले विश्विद्यालयमा लामो समयपछि एक विलक्षण प्रतिभा भएको हस्तीको जन्म भएको बताए। उनले मुग्लान उपन्यास निकाल्दा आफू २१ वर्षको ठिटो भएको स्मरण गर्दै लेखकले यो उमेरमा यति सशक्त कृति प्रकाशन गर्दा आफू हर्षविभोर भएको बताए। करिब ४८ वर्षपछि क्याम्पसमा उदाएको लेखकमा प्रचुर कल्पनाशिलता भएको भन्दै उनले प्रशंसा गरे। 

समालोक महेश पौडेलले उपन्यास एउटा तिलस्मी भएको ठहर गरे। समाजमा बदनाम भइसकेपछि त्यसबाट कसरी मुक्त हुने भन्ने प्रश्न उपन्यासले गरेको उनले बताए। 

समीक्षक साधना प्रतीक्षाले आफ्ना सिर्जना चोरी हुँदा पीडा व्यक्त्त गर्न नसकेका बौद्धिक वर्गको मर्म उपन्यासले उतारेको बताइन्। 

त्यस्तै अञ्जना वस्ती भट्टराईले लेखकमा गोविन्दराज भट्टराईको अनुहार देखेको धारणा राखिन्। साहित्यकार तथा शिक्षाविद् सुरेन्द्र सिटौलाले एक सशक्त्त लेखकको जन्म भएको भन्दै बधाई दिए। 

लेखक विमल सिटौलाले विश्वविद्यालयमा एक सेमेस्टारको अवलोकन र अनुभवपश्चात् यो उपन्यास लेख्न सुरु गरेको सुनाए। आफू जापानिज राइटर हारुकी मुराकामीको लेखनबाट प्रभावित भएको उनले बताए। 

पैरवी बुक हाउसले बजारमा ल्याएको उपन्यासको मूल्य ३७५ रुपैयाँ हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad