नेपाली सिने उद्योगमा राम्रैसँग चम्किएकी कलाकार हुन प्रियंका कार्की। सिने उद्योगमा अभिनेत्री रेखा थापाको दबदबा रहेका बेला उद्योगमा आएर नम्बर वान अभिनेत्रीको स्थान बनाएकी प्रियंकाले थुप्रै चलचित्रमा काम गरेकी छिन्।
पछिल्लो समय आमा बनेर घरमै बसेकी प्रियंका चाँडै उद्योगमा फर्किने तयारीमा छिन्। उनी आमा शरीर मेन्टेनका लागि नियमित जिमखाना गइरहेकी छिन्।
उनलाई लिएर फिल्म निर्माण गर्न चाहाने निर्माता पनि छन्। तर, नेपाली फिल्मका निर्माता-निर्देशक उनको व्यवहारसँग हैरान छन्। फिल्म सुटिङ सकिएपछि प्रियंकाले उक्त फिल्मको प्रचारमा समय दिने गरेकी छैनन्।
अघिल्लो वर्ष प्रियंकाले शीर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ रिलिज भयो। कोरोनाले थिलथिलो भएको सिने उद्योगलाई चलायमान बनाउने भन्दै निर्माता शिव श्रेष्ठले हिम्मत गरेका बेला प्रचारमा कलाकारको साथ पाएनन्।
सामाजिक सञ्जालमा सक्रिय प्रियंकाले सामाजिक सञ्जालमा उक्त फिल्मको पोस्टरसमेत पोस्ट गरिनन्। प्रियंकाले प्रचारमा साथ नदिएपछि भुवन आक्रोशित बने।
आगामी चैत्र १८ गतेबाट प्रियंकाले नै शीर्ष भूमिकामा रहेर अभिनय गरेको चलचित्र ‘हेल्लो जिन्दगी’ प्रदर्शनमा आउँदै छ।
अन्य चलचित्रका कलाकारले आफ्नो चलचित्रलाई लिएर विभिन्न खाले प्रचारमा सरिक भइरहेका बेला प्रियंका भने चलचित्रको औपचारिक कार्यक्रममा समेत उपस्थित भइनन्।
आफ्ना समकालीन अभिनेत्रीले बनाएका चलचित्र हेर्न पुग्ने प्रियंकाले आफ्नै चलचित्रको प्रचारमा समय नदिएपछि फिल्मका निर्देशकले चित्त दुखाए।
फिल्म क्षेत्रमा आफू उचाइमा रहेका बेला फिल्मको प्रचारमा खूब दौडिने प्रियंकाले आफ्नो करिअर अब माथि नजाने देखेपछि भने उनी फिल्मको प्रचारमा देखिन छोडेकी हुन्।
बरु उनी आफ्नै युट्युब च्यानलमा विभिन्न खाले भिडियो बनाउँदै अपलोड गरेर रमाइरहेकी छिन्। उनको यो शैलीलाई फिल्म क्षेत्रका धेरैले उद्योगमा प्रियंकाको समय सकिएको विश्लेषण गरेका छन्।
Shares

प्रतिक्रिया