अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताएकी छन्।
‘पीर’ गीतबारे प्रकाश सपुतले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त ब्यक्तिगत भएको बताइन्।
अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको बताइन्।
‘मलाई पनि यस भिडिओबारे केही कुराहरु आएका छन्। यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो। म भएको भए हटाउँदिन थिएँ', उनले भनिन्, 'उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो। त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो।’
गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभइ समाजको भावनालाई बुझेर हटाएको पनि बताएका छन्।
भिडिओ
Shares

प्रतिक्रिया