कला


आफैंले दिएका यी २ अभिव्यक्ति, जुन पललाई जेल पठाउने बलिया आधार बने

आफैंले दिएका यी २ अभिव्यक्ति, जुन पललाई जेल पठाउने बलिया आधार बने

नेपालखबर
चैत ११, २०७८ शुक्रबार ५:५५, काठमाडौँ

नाबालिग गायिकालाई बलात्कार गरेको मुद्दा लागेका अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले बिहीबार पुर्पक्षका लागि जेल चलानको आदेश दिएको छ। 

योसँगै अभिनेता शाहलाई बिहीबार राति तनहुँ जिल्ला प्रहरी कार्यालयको हिरासतबाट जिल्ला कारागार लगिएको हो। 

उनलाई धरौटीमा रिहा गर्न नमिल्ने, जेल नै पठाउनुपर्ने विषयमा अदालतले ठहर गरेका यी हुन् प्रमुख तीन आधार : 

–प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले पीडितलाई जबर्जस्ती करणी गरेको कुरामा पूर्णतः इन्कार गरेको भए तापनि निजले मौकामा गरेको बयान हेर्दा राति करिब १२ बजेतिर पीडितलाई म्यासेज गरी साथीहरूसँग खाई बाँकी रहेको बियर लिएर पीडितको कोठामा प्रवेश गरेको तथ्यलाई निज प्रतिवादीले स्वीकार गरेको पाइयो। एक्लै सुतेकी बालिकाको कोठामा राति १२ बजेतिर प्रवेश गर्नुपर्ने कुनै औचित्यता प्रतिवादीले देखाउन सकेको पाइएन। यसरी राती पीडितको कोठामा प्रवेश गरेको भन्ने प्रतिवादीको स्वीकारोक्ती सोही राति निजले पीडितलाई जबर्जस्ती करणी गरेको तथ्यसँग मिल्न भिड्न आएको देखियो।

–प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले आफूलाई मायाप्रेम गर्ने तथा विवाह गर्ने झुटो आश्वासन दिई पहिले पनि पटकपटक जबर्जस्ती करणी गरेको भन्ने कुरा पीडितले मौकामा व्यक्त गरेको घटना विवरण कागजबाट देखिन्छ। त्यसैगरी उनले आफूलाई प्रतिवादीले पटकपटक करणी गर्ने गरेको कारण अप्ठेरो परेको छ भनी बताएकी थिइन् भन्ने कुरा मौकामा कागज गर्ने परिवर्तित नाम स कुमारी, सरोज ओली भन्ने पुण्यप्रसाद ओली, योगेश शाह, दुर्गेश थापा भन्ने दुर्गाबहादुर थापा र दुर्गा अधिकारीको कथनबाट समेत समर्थित हुन आएको पाइयो।

–पीडित नाबालक हुन् भन्ने कुरा प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहलाई पूर्ण जानकारी छ। उनी ३२ वर्षीय वयस्क व्यक्ति हुन्। प्रतिवादीले ब्वाइफ्रेन्ड गर्लफ्रेन्डबीच सम्बन्ध हुनु नर्मल हो, प्रेगनेन्ट भएको खण्डमा मात्र निजलाई स्वीकार गर्ने कुरा आउँछ भनी छलफलको क्रममा भनेको अडिओ रेकर्डको विश्लेषण गर्दा निज प्रतिवादीले परिवर्तित नाम ०७८/८९ व्यास १२ लाई करणी गरेको तथ्यलाई थप पुष्ट्याइँ हुन आएको देखिन्छ। सो कुरा प्रतिवादीले पीडित तथा निजका बाबु आमा र हाम्रो उपस्थितिमा भएको छलफलमा भनेका थिए भनी दुर्गा बहादुर थापा, पुन्यप्रसाद ओली, कमल खत्री समेतले मौकामा कागज गर्दा समेत प्रस्ट रूपमा लेखाइदिएको पाइन्छ।

यो पनियी ९ अधिवक्ता, जसको बहसले पल शाहलाई जेल पुर्‍यायो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad