यस वर्षको ओस्कार अवार्डमा फिल्म ‘कोडा’ सर्वोत्कृष्ट घोषित भएको छ।
स्ट्रिमिङ प्लेटर्फममा एप्पल फिल्मसले निर्माण गरेको यो फिल्म ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म ठहरिएको हो।
अमेरिकाको लस–एन्जल्समा सम्पन्न अवार्ड समारोहमा फिल्मका २३ विधामा अवार्ड प्रधान गरिएको छ। कोरोना महामारीपछि पहिलोपटक रेड कार्पेटसहित भौतिक रुपमा आयोजना भएको ओस्कार अवार्डमा हलिउड स्टारको बाक्लो उपस्थिती थियो।
अवार्ड समारोहमा ‘ड्युन’ले सबैभन्दा धेरै ६ विधामा अवार्ड जित्न सफल भयो। १२ विधामा मनोनयनमा परेको ‘द पावर अफ दी डग’ले उत्कृष्ट निर्देशन विधाको अवार्ड उचाल्न सफल भयो।
ओस्करको इतिहासमा पहिलो पटक पपुलर भोटिङका आधारमा ‘फ्यान फेवरेट’ विधामा अवार्ड प्रदान गरियो। ट्वीटर मार्फत दर्शकले मतदान गरेको यो अवार्ड ज्याक स्नाइडरको ‘आर्मी अफ दी डेड’ जित्न सफल भयो।
अन्तर्राष्ट्रिय फिचर विधामा ‘ड्राइभ माइ कार’ उत्कृष्ट ठहरियो। ‘वेस्ट साइड स्टोरी’बाट सह–अभिनेत्रीमा उत्कृष्ट बनेसँगै एरियाना डिवोस ओस्कार जित्ने पहिलो समलिंगी महिला बनिन् ।
रुसी आक्रमणको विरोधमा युक्रेनलाई समर्थन गर्दै एक मिनेट मौन धारण गरेर सुरु भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका विल स्मिथले स्टेजमै उद्घोषकलाई झापड हाने।
उद्घोषक क्रिस रकले आफ्नी श्रीमतीमाथि जोक गरेपछि गालामा झापड हानेका थिए। रकले स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको कपाल झर्ने समस्यालाई लिएर ठट्टा गरेका थिए। अवार्ड लिनुअघि हानेको झापडलाई लिएर अवार्ड लिएपछि स्मिथले क्षमायाचना गरेका थिए।
अवार्ड जित्नेको सूची
फिल्म: कोडा
निर्देशक: जेनी क्याम्पियन (द पावर अफ द डग)
अभिनेत्री: जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)
अभिनेता: विल स्मिथ (किङ रिचर्ड)
सहअभिनेत्री: एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)
सहअभिनेता: ट्रोइ कोत्सर (कोडा)
कस्ट्युम डिजाइन: क्रुएला (जेन्नी विभान)
ध्वनि: ड्युन
ओरजिनल स्कोर: ड्युन (हान्स जिमर)
एडप्टेड स्क्रिननप्ले: सायन हेडेर (कोडा)
ओरजिनल स्क्रिननप्ले: केनेथ ब्रानग (बेलफास्ट)
एनिमेटेड सर्ट: द वाइन्डसिड वाइपर
लाइभ एक्सन सर्ट: द लङ गुडबाइ
सम्पादन: ड्युन (जोए वाकर)
मेकअप एन्ड हेयरस्टाइलिङ: द आइज अफ ट्याम्मी फे
एनिमेटेड फिचर: एनकान्टो
डकुमेन्ट्री फिचर: समर अफ सउल
डकुमेन्ट्री सर्ट: द क्वीन अफ बास्केटबल
ओरजिनल सङ: नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)
छायांकन: ड्युन (ग्रेड फेइजर)
अन्तर्राष्ट्रिय फिचर: ड्राइभ माइ कार (जापान)
प्रोडक्सन डिजाइन: ड्युन
भिजुअल इफेक्ट: मनो ड्युन
Shares

प्रतिक्रिया