कमेडी क्लब विथ च्याम्पियनको दोस्रो भाग आज सोमबार राति ८ बजेर ५० मिनेटमा नेपाल टेलिभिजनबाट प्रसारण हुँदै छ।
तर प्रसारण गर्नुअघि यसको प्रोमो युट्युबबाट हटाइएको छ। जसमा पल शाह प्रकरणलाई संकेत गर्दै गायक दुर्गेश थापाविरुद्ध व्यंग्य गरिएको थियो।
त्यसप्रति गायक थापाले आपत्ति जनाउँदै कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएपछि निर्माण पक्ष प्रोमो हटाउन बाध्य भएको हो।
त्यस प्रोमोमा कमेडी क्लब विथ च्याम्पियनका कमेडियन साजन श्रेष्ठले दुर्गेशको पोस्टर देखाउँदै कटाक्ष गरेका थिए।
‘उहाँ चैं, गाली खान, पचाउन सिकाउने गुरु। उहाँले जस्तो गाली पचाउन कसले सक्छ र बाबा’, प्रोमोमा साजनले भनेका थिए,‘उहाँ फेरि मेरो गुरु मात्र हो, साथी होइन। साथी हानिकारक हुन्छ।’
150
Shares

प्रतिक्रिया