कला


झापड काण्ड : ओस्कार विजेता विल स्मिथकी पत्नीको टाउको कसरी यस्तो भयो?

झापड काण्ड : ओस्कार विजेता विल स्मिथकी पत्नीको टाउको कसरी यस्तो भयो?

विल स्मिथले क्रिस रकलाई झापड लगाउँदै गरेको दृश्य र व्यंग्यको विषय बनाइएको उनकी पत्नीको टाउकोको अवस्था।


नेपालखबर
चैत १६, २०७८ बुधबार १६:१९, काठमाडौँ

‘उत्कृष्ट अभिनेता’ हुँदै ओस्कार अवार्ड जितेका हलिउड अभिनेता विल स्मिथकी श्रीमती जाडा पिङ्केटको एउटा रोग दुई/तीन दिनयता चर्चामा छ। 

कारण– ओस्कार अवार्ड समारोहमा उद्घोषक रहेका हास्य कलाकार क्रिस रकले उनै जाडाको मुडुलो टाउकोलाई व्यंग्यको विषय बनाउँदा उनका श्रीमान् अर्थात् अभिनेता विल स्मिथले स्टेजमै गएर थप्पड हानेका थिए। 

यो पनि : ​ओस्कार समारोह: आफ्नी पत्नीलाई व्यंग्य गरेपछि विल स्मिथले उद्घोषकको गाला चड्काए (भिडिओ)

क्रिस रकले दर्शक हँसाउन भनेका थिए, ‘आई लभ यु जाडा। म जीआई जेन २ को प्रतीक्षामा छु।’

यसको अर्थ के हो भने ‘जीआई जेन’ सन् १९९७ को हलिउड फिल्म हो, जसकी प्रमुख नायिकाको टाउको कपाल खौरेर मुडुलो देखाइएको छ। 

त्यसाे त याे घटनाप्रति पछुताे मान्दै विल स्मिथले क्रिससँग सार्वजनिक रुपमा माफी मागिसकेका छन्। 

यो पनि : ओस्कार : स्टेजमै उद्घोषकलाई थप्पड हानेका अभिनेता विल स्मिथले पश्चाताप गर्दै मागे माफी

‘द म्याट्रिक्स फ्रेन्चाइज’ र ‘गोथम’जस्ता फिल्मबाट परिचित अमेरिकी अभिनेत्री जाडा पिङ्केटले यसअघि धेरैवटा अन्तर्वार्तामा  कपाल झर्ने गम्भीर समस्याका कारण कपाल खौरिनुपरेको बताएकी थिइन्। 

जाडालाई एलोपेसिया 
जाडाले आफ्नो फेसबुक वाच सिरिज, रेड टेबल टकअन्तर्गत २०१८ मे को एपिसोडमा खुलासा गरेकी थिइन्– मलाई एलोपेसिया भएको छ।

भिडिओमा उनले यस विषयमा कुरा गर्नुपर्दा निकै पीडा महसुस हुने पनि उल्लेख गरेकी थिइन्। 

‘मलाई मेरो टाउकोमा कपडा किन बाँधेको भनेर सोधिन्थ्यो। मेरो कपाल झरेको कारण हो। जब मलाई पहिलोपटक यस्तो भयो, म धेरै डराएँ। एक दिन नुहाउँदै थिएँ र टाउकोबाट हातमा एक मुट्ठी कपाल आयो। मलाई चिन्ता लाग्न थाल्यो– अब तक्लु हुने भएँ।’

त्यो क्षण जीवनका सबैभन्दा डरलाग्दा क्षणमध्ये एक भएको उनले उल्लेख गरेकी थिइन्। 

‘यसलै मैले मेरो कपाल काटिदिएँ र काटिरहेँ’, उनले भनेकी थिइन्, ‘अब कपाल राख्ने वा नराख्ने एउटा विकल्प रोज्नुपर्ने अवस्था आयो। तर एक दिन मलाई यो विकल्प पनि बाँकी रहेन।’

डिसेम्बर २०२१ मा उनले आफ्नो इन्स्टाग्राममा भिडिओ सन्देश जारी गर्दै आफू एलोपेसिया समस्याले पीडित रहेको बताएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad