आक्रामक व्यापार सहित प्रदर्शनमा आएको फिल्म ‘आरआरआर’ले पाँच दिनमा सय करोड भन्दा धेरै भारतीय रुपैयाँ कमाएको छ।
एसएस राजामौलीले निर्देशन गरेको यो फिल्म गत मार्च २५ बाट प्रदर्शनमा आएको हो।
फिल्मले मंगलबार सम्ममा सय करोड ग्रस कलेक्सन गरेको हो। यो आम्दानी फिल्मको हिन्दी भर्सनको मात्रै हो।
कोरोनाकालपछि रिलिज भएका फिल्म मध्ये छोटो समयमा सय करोड कलेक्सन गरेका ‘द कश्मीर फाइल्स’ र ‘गंगुबाई काठियावाडी’लाई ‘आरआरआर’ले उछिनेको छ।
विवेक अग्निहोत्रीको ‘द कश्मीर फाइल्स’ले १५.५ करोड भारु, अक्षय कुमारको ‘सूर्यवंशी’ले १४.५१ करोड र आलियाको ‘गंगुबाई काठियावाडी’ले ८.१९ करोडको बक्स अफिस कलेक्सन गरेका थिए।
जुनियर एनटीआर, रामचरण, आलिया भट्ट र अजय देवगन मुख्य भूमिकामा रहेको यो चलचित्र फिल्म हिन्दी, तमिल, तेलूगु र कन्नाडा गरी चार भाषामा रिलिज भएको थियो।
Shares

प्रतिक्रिया