प्रदर्शनमा रहेको दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको छ। फिल्मले राम्रो कमाइ गरिरहेकै बेला यस फिल्मका निर्देशक र नायिका बिच सितयुद्ध सुरु भएको छ।
यही फिल्म मार्फत दक्षिण भारतीय फिल्ममा डेब्यु गरेकी आलिया भट्ट र निर्देशक एसएस राजामौलीबिच लगभग बोलचाल नै बन्द भएको अमर उजालाले उल्लेख गरेको छ। फिल्म प्रचारमा प्रसस्त समय दिएकी आलियाले फिल्ममा समावेश आफ्नो दृष्य काटिएपछि निर्देशकसँग असन्तुष्टि जनाएकी हुन्।
‘आरआरआर’मा छोटो भूमिकामा काम गरेर पनि उनले प्रमोसनमा निक्कै समय दिएकी थिइन्। तर, त्यही छोटो भूमिकाभित्रबाट पनि आफ्नो दृष्य काटिएपछि निर्देशक राजामौलीसँग आलिया रिसाएकी हुन्।
उनले निर्देशकसँग चित्त दुखाएर आफ्नो सामाजिक सञ्जालबाट फिल्मको प्रचार सामग्री पनि हटाएकी छिन्। आलियाले निर्देशक राजामौलीलाई इन्स्टाग्राममा समेत अनफलो गरेकी छन्।
‘आरआरआर’मा ‘सिता’को भूमिका निर्वाह गरेकी आलियाले २० मिनेटको दृष्यका लागि ९ करोड भारु पारिश्रमिक लिएकी थिइन्।
Shares

प्रतिक्रिया