हलिउड अभिनेता विल स्मिथलाई आगामी १० वर्षसम्म ओस्कार समारोहमा सामेल हुन प्रतिबन्ध लगाइएको छ।
हालै मात्र ओस्कार समारोहमा कमेडियन क्रिस रोकलाई थप्पड मारेको मामिलामा उनीहरुमाथि प्रतिबन्ध लगाइएको हो।
यसका साथै स्मिथमाथि एकेडेमी अफ मोसन पिक्चर्स आर्टस एण्ड साइन्सेजको कुनै पनि कार्यक्रममा अबको एक दशकसम्म सामेल हुनमा प्रतिबन्ध लगाइएको हो।
एकेडेमीको पत्रमा यो जानकारी दिइएको हो।
यद्यपि अहिलेसम्म उनलाई दिइएको उत्कृष्ट अभिनेताको पुरस्कार फिर्ता लिइने वा नलिइने भन्ने विषयमा भने जानकारी दिइएको छैन।
96
Shares

प्रतिक्रिया