कला


हालका दिनसम्म म कुनै पार्टीमा छैन, मेयरमा उठ्दिनँ : भुवन केसी

हालका दिनसम्म म कुनै पार्टीमा छैन, मेयरमा उठ्दिनँ : भुवन केसी

नेपालखबर
चैत २६, २०७८ शनिबार १५:७, काठमाडौँ

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीले आफूलाई काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार बनाउने भनेर निर्णय गरे पनि यसका लागि आफू असमर्थ रहेको अभिनेता भुवन केसीले बताएका छन्। 

आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णय भएको तर कार्यव्यवस्तताका कारण आफू उम्मेदवबार बन्न नसक्ने केसीले बताएका हुन्। 

‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात् गरेको छु। त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छ’, अभिनेता केसीले लेखेका छन, ‘तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दाचाहिँ अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु। तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु। र, यसै पत्रमार्फत हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु।’

याे पनिभुवन केसीले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad