नेपाली कथानक चलचित्र ‘गणपति’को पहिलो पोस्टर सार्वजनिक भएको छ।
नयाँ वर्षको अवसर पारेर गणेश भगवान र मानिसलाई सांकेतिक रुपमा आधा–आधा प्रस्तुत गरिएको पोस्टर सार्वजनिक गरिएको हो।
सविन अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘गणपति’मा मुकुन भुसाल र मेनुका प्रधानले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
तनहुँ बन्दीपुरको थारुवासमा छायांकन गरिएको यो चलचित्रको नाम धार्मिक सुनिए पनि फिल्ममा धर्मको विरोध वा प्रचार नगरिएको निर्देशक अधिकारी बताउँछन्।
चलचित्रमा लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीले सयुक्त रुपमा लगानी गरेका छन्।
यो चलचित्रमा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीकाभक्त जिरेल, देवेन्द्र बब्लु, सुशील पोखरेल लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
Shares

प्रतिक्रिया