कला


‘कैदीको पत्र’को तीन पोस्टर सार्वजनिक

‘कैदीको पत्र’को तीन पोस्टर सार्वजनिक

नेपालखबर
बैशाख २, २०७९ शुक्रबार ११:१, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘कैदीको पत्र’ को नयाँ बर्ष ०७९ को अवसर पारेर बिहिबार फस्ट लुक स्वरुप तीन फरक–फरक डिजाइनका पोस्टर सार्वजनिक गरिएको छ। सनमकुमार बैराग निर्देशित चलचित्रको प्रदर्शन मिति भने केही समयभित्रै तय गरिनेछ। 

साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’ मा आधारित चलचित्रको पटकथा र सम्वाद निर्देशक बैरागकै हो।सन् २०१९ को जुलाइमा सुटिङ सम्पन्न भएको चलचित्र स्कटल्याण्डको क्रिफ, आवरफेल्दी, केनमोर, ओवन, किलिड्ग, ग्लास्कोलगायतका स्थानमा खिचिएको हो।

चलचित्रमा बेलायती कलाकार माडिशन लाजारोश,क्यारी डुड्स,लरेन्स वेस्टवरी,फस्तासका साथमा सुवर्ण थापा,सलिना थापामगर,कुनाल बिश्व,पृथ्वीराज खत्री,चरण प्रधान,मनिष श्रेष्ठ,प्रसुना कँडेल,सुस्मिता थापा,बिभिया श्रेष्ठ,विजया श्रेष्ठ,कलिना श्रेष्ठ तथा बालकलाकार किरण कार्की र तपस्या शिवाकोटीले अभिनय गरेका छन्। 

बेलायतका लागि तत्कालीन नेपाली राजदूत दुवसु क्षेत्री समेत राजदूतकै भूमिकामा अभिनीत चलचित्र कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन।

३५ प्रतिशत अंग्रेजी भाषामा रहेको चलचित्र माया,प्रेम,पारिवारिक सम्बन्ध जस्ता सम्बेदनशील बिषयमा केन्द्रित रहेको जानकारी निर्देशक बैरागले दिएका छन्। रामेश्वर कार्कीले खिचेको चलचित्रको निर्मातामा हिराल जोशी, नानी हेरा,कैलाश बिश्वकर्मा र दील घले छन्। 

निर्देशक बैरागकै गीत,कविराज गहतराजको कोरियोग्राफी,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन तथा बिनम्र कर्माचार्य र सुरेश सेन्चुरीको संगीत रहेको चलचित्र भिजन संसारको प्रस्तुतिमा बिरञ्जना इन्टरटेन्मेन्ट,महारानी इन्टरटेन्मेन्ट युके र मुभी मेकर्स क्लबले निर्माण गरेको हो। चलचित्रको बितरण आरआर फिल्मसले गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad