कला


नेपाली लेखक संघको अन्तराष्ट्रिय उपाध्यक्षमा कवि कृसु क्षेत्री

नेपाली लेखक संघको अन्तराष्ट्रिय उपाध्यक्षमा कवि कृसु क्षेत्री

नेपालखबर
बैशाख ३, २०७९ शनिबार २२:४६, काठमाडौँ

नेपाली लेखक संघको शनिबार बसेको केन्द्रीय समितिको बैठकले संघको अन्तरराष्ट्रिय उपाध्यक्षमा चर्चित कवि कृसु क्षेत्रीलाई मनोनयन गरेको छ। 

वि. सं. २००७ सालमा वी पी कोइराला, रिद्बिबहादुर मल्ल, गोविन्दबहादुर मल्ल गोठाले आदिको सक्रियतामा स्थापित लोकतान्त्रिक साहित्यकारहरूको संस्था नेपाली लेखक संघको सातौं अधिवेशन गत चैत १८ र १९ मा श्रवण मुकारुङको अध्यक्षतामा पोखरामा सम्पन्न भएको थियो।

त्यही अधिवेशनले वरिष्ठ कवि तीर्थ श्रेष्ठको अध्यक्षतामा नवनिर्वाचित केन्द्रीय समिति चयन गरेको थियो ।

झापामा जन्मेका कवि कृसु क्षेत्री कविताका अतिरिक्त गीत गजल मुक्तक र सम्पादन गर्दछन् भने विलयन लेखनको प्रवर्तक पनि हुन् । कवि क्षेत्रीको चराको गीत अत्यन्त लोकप्रिय कविता संग्रह हो।

कुटनैतिक जिम्मेवारी र साहित्यिक गतिविधिको सिलसिलामा लगभग तीन दर्जन मुलुक भ्रमण गरेका कृसु क्षेत्रीको यो मनोनयनले नेपाली लेखक संघलाई प्रवासमा विस्तार गर्ने अपेक्षा पूरा हुनेछ भन्ने संघले विश्वास लिएको छ। 

त्यही बैठकले सचिवमा शशि थापा पण्डित, सदस्यमा विमला तुम्खेवा, मनोज न्यौपाने, गीता रेग्मी, हेम प्रभाष र इन्द्र कुमार विकल्पलाई समेत थप मनोनयन गरेको थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad