कला


‘अभिनय थालेको ३० वर्षपछि पहिलोपल्ट अभिनेताका रूपमा राष्ट्रिय अवार्ड’

‘अभिनय थालेको ३० वर्षपछि पहिलोपल्ट अभिनेताका रूपमा राष्ट्रिय अवार्ड’

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड थाप्दै दीपकराज गिरी


नेपालखबर
बैशाख ५, २०७९ सोमबार ६:२७, काठमाडौँ

कलाकार दीपकराज गिरीले अभिनय क्षेत्रमा लागेको ३० वर्ष पुग्दा पहिलोपटक अभिनेताका रूपमा राष्ट्रिय पुरस्कार पाएका छन्। 

आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार, विषेश चलचित्र तथा दीर्घ साधना सम्मान’ कार्यक्रममा फिल्म ‘छ माया छपक्कै’मा अभिनयबापत गिरीले उत्कृष्ट अभिनेता अवार्ड हात पारेका हुन्। 

यो नै अभिनेताका रूपमा अवार्ड प्राप्त गरेको पहिलो भएको भन्दै गिरीले खुसी व्यक्त गरेका छन्। 

‘यसलाई मैले उत्कृष्ट अभिनेताको अवार्डभन्दा पनि एउटा विद्यार्थीले पाएको प्रोत्साहन पुरस्कारको रूपमा लिएको छु’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘फिल्म ‘छ माया छपक्कै’मा केही फरक गर्ने अवसर प्राप्त भयो।’ 

उनले पुरस्कारले अझै मिहिनेत गर्न ऊर्जा मिलेको पनि उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad