कला


‘ए मेरो हजुर ४’ले ३ दिनमै कमायो साढे २ करोडभन्दा धेरै

‘ए मेरो हजुर ४’ले ३ दिनमै कमायो साढे २ करोडभन्दा धेरै

नेपालखबर
बैशाख ५, २०७९ सोमबार १२:३३, काठमाडौँ

झरना थापा निर्देशित चलचित्र ‘ए मेरो हजुर ४’ प्रदर्शन अगावै निक्कै विवादमा पर्‍यो।

कहिले गीत, कहिले प्रमोशनमा प्रयोग गरिएको सिन त कहिले ट्रेलरमा प्रचार गरिएको अंश नै विदेशी फिल्मबाट चोरी भएको भेटिएपछि प्रचारकै क्रममा झरना लगायत टिमले आलोचना खेप्नु पर्‍यो। 

आलोचनासहित प्रदर्शनमा आएको यो चलचित्र प्रतीक्षित दक्षिण भारतीय फिल्म ‘केजिएफ–२’ सँग जोध्नु पर्‍यो। राम्रो प्रचारसहित प्रदर्शनमा आए पनि चलचित्रलाई प्रदर्शकले हेपाहा प्रवृति देखाए।

विभिन्न हलवालाहरुले पाइरहेको शो घटाइदिए। सुरुमै ‘केजिएफ–२’ले भन्दा ‘ए मेरो हजुर ४’ले निकै थोरै शो पाएको थियो। 

तथापि ‘ए मेरो हजुर ४’ले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको चलचित्रले प्रदर्शनको ३ दिनको कलेक्सन देशभरबाट २ करोड ५० लाख माथि गरेको छ।  

पहिलो दिन देशभरबाट ८८ लाख कलेक्सन गरेको चलचित्रले प्रदर्शनको दोस्रो दिन ६६ लाख र तेस्रो दिन ८९ लाख कलेक्सन गरेको चलचित्र वितरक गोविन्द शाहीले बताए। 

चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, रवि गिरी, सरोज खनाल, लुनिभा तुलाधर, रक्षा गौतम लगायतका कलाकारले अभिनय गरेका छन्। चलचित्रको कथा निर्देशक झरनाले नै लेखेकी हुन्। 

सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रको संवाद तथा पटकथा लेखनमा निर्देशक थापालाई स्व निर्देशक छेतेन गुरुङले साथ दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad