कला


आमा बनेपछि फिल्म निर्माण गर्दै प्रियंका

आमा बनेपछि फिल्म निर्माण गर्दै प्रियंका

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १३:१३, काठमाडौँ

कोरोना काल सुरु हुनुअघि नेपाली चलचित्रमा अभिनेत्री प्रियंका कार्कीको बाक्लो उपस्थिती थियो।

कोरोना महामारीसँग फिल्ममा पातलिएको उनको उपस्थिती आमा बनेपछि शुन्य छ। छोरी हुर्काइरहेकी प्रियंका आमा बनेपछि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। 

लामो समयपछि मंगलबार सार्वजनिक कार्यक्रममा देखिएकी प्रियंकाले आमा बन्दाका अनुभव शेयर गरिन्। उनले कोरोना कालमा आफूले संगालेका अनुभव पनि बाँडेकी छिन्। उनले बितेको वर्ष आफ्ना लागी अविस्मरणीय रहेको उल्लेख गरिन्। 

सार्वजनिक कार्यक्रममा प्रियंकाले निर्मात्री बन्ने संकेत दिएकी छिन्। उनले सन २०२३ मा छायांकन सुरु गर्नेगरी फिल्म लेख्न थालेकी उनले आफ्नै ब्यानर ट्वींकल बेल पिक्चर्सबाट फिल्म निर्माण गर्ने बताइन्। उनले फिल्मको पटकथा पनि आफैंले लेखिरहेको बताएकी छन्। 

उनले दुईवटा चलचित्रको तयारी सहित स्क्रिप्ट लेखन सुरु गरेको बताइन्। आफूले लेख्न थालेको चलचित्र मध्ये एउटा लभस्टोरी जनराको भएको बताउँदै प्रियंकाले भनिन् ‘अर्को चाहीँ अनपेक्षित खालको छ।’

उनको फिल्म कम्पनीले ‘वसन्त’ छोटो फिल्म र ‘जस्ट अनादर’ लभस्टोरी सिरिज निर्माण गरिसकेको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad