कला


‘फिल्म साउथ एसिया’मा आठ देशका ७१ फिल्म प्रदर्शन हुने

‘फिल्म साउथ एसिया’मा आठ देशका ७१ फिल्म प्रदर्शन हुने

नेपालखबर
बैशाख ७, २०७९ बुधबार १६:२५, काठमाडौँ

दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव ‘फिल्म साउथ एसिया २०२२’ बिहीबार (चैत ८ गते) बाट ललितपुरमा सुरु हुने भएको छ। १३ औँ संस्करणको उक्त महोत्सवमा ८ देशका ७१ फिल्म प्रदर्शन गरिने छ। 

कोरोना महामारीपछि पहिलो पटक भौतिक रुपमा हुन लागेको उक्त महोत्सव ४ दिनसम्म चल्ने छ। पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको यसपटकको थिम ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’राखिएको छ। 

महोत्सवको उद्घाटनमा भारतीय गायिका, संगीतकार तथा गीतकार सोना उपस्थित हुने भएकी छन्। महोत्सवको उद्घाटन उनकै वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनबाट गरिने भएको छ। 

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे छलफल हुने छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad