अभिनेत्री केकी अधिकारीले व्यापारी रोहित तिवारीसँग बिहीबार विवाह गर्दै छिन्।
सीमित पारिवारिक सदस्य तथा नजिकका केही साथीलाई मात्रै बोलाएर विवाह गर्ने भएकी हुन्।
लामो समयदेखि रोहितको प्रेम रहेकी केकीले आफ्नो प्रेम भने सार्वजनिक गरेकी थिइनन्। प्रेम र प्रेमीका बारेमा मिडियाले बारम्बार प्रश्न गर्दा केकी पन्छिँदै आएकी थिइन्।
रोहित हाम्रो बजार डटकमका सीईओ तथा फुडमारियोका सहसंस्थापक र सीईओ हुन्।
*भूलवश यसअघि शीर्षक तथा समाचारमा त्रुटि भएकाले सच्याएका छौं। –सम्पादक
3.2k
Shares

प्रतिक्रिया