ad ad

कला


विश्वभर प्रदर्शन हुँदै म यस्तो गीत गाउँछु२

विश्वभर प्रदर्शन हुँदै म यस्तो गीत गाउँछु२

नेपालखबर
बैशाख १३, २०७९ मंगलबार ११:२२, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘म यस्तो गीत गाउँछु २’ विश्वका विभिन्न देशमा रिलिज गरिने भएको छ। यो फिल्मको विदेश यात्रा मे महिनाबाट सुरु हुने भएको छ। 

नेपसिनेले यो चलचित्रलाई विश्वभर प्रदर्शन गर्ने जिम्मा लिएको हो। सोमबार चलचित्रका निर्माताद्वय सुदर्शन थापा र पूजा र नेपसिनेका नेपाल प्रमुख विधान कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सँग संझौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपसिनेले यो फिल्मलाई विश्वभर वितरण गर्नेछ । यस्तै, अमेरिका र क्यानडामा फिल्मको प्रदर्शनको जिम्मा पनि नेपसिने कम्पनीले नै लिएको छ ।

यो चलचित्र अमेरिका, यूके, अष्ट्रेलिया, क्यानडा, हङकङलगायतका देशमा प्रदर्शन हुने निर्देशक सुदर्शन थापाले बताएका छन्।  

गत फागुन १३ बाट नेपालमा प्रदर्शन भएको यो फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गरेको छ।

चलचित्रमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .