कला


चर्चित अभिनेता विजय बाबुलाई यौन उत्पीडनको अभियोग लागेपछि हंगामा

यस्तो छ घटना
चर्चित अभिनेता विजय बाबुलाई यौन उत्पीडनको अभियोग लागेपछि हंगामा

फाइल तस्बिर : अभिनेता विजय बाबु


नेपालखबर
बैशाख १४, २०७९ बुधबार १३:३१, काठमाडौँ

एकातिर साउथ इन्डस्ट्रीले दिनप्रतिदिन नयाँ उचाइ हासिल गरिरहेको छ भने अर्कातिर त्यहाँबाट एउटा स्तब्ध पार्ने खबर सार्वजनिक भएकाे छ। खबर अरु कोही नभएर मलयालम इन्डस्ट्रीका चर्चित अभिनेता तथा निर्माता विजय बाबुसँग सम्बन्धित छ। 

मिडिया रिपोर्टका अनुसार केरला प्रहरीले एक महिलाको उजुरीका आधारमा विजय बाबुविरुद्ध यौन उत्पीडनको मुद्दा दर्ता गरेको छ। प्रहरीले अप्रिल २२ मा उजुरी पाएपछि अभिनेताविरुद्ध उजुरी दिइएको जनाएको छ। 

यस्ताे छ घटना 
प्रहरीका अनुसार उजुरीकर्ताले आफूलाई अभिनेता विजय बाबुले कोच्चिस्थित फ्ल्याटमा यौन दुर्व्यवहार गरेको अभियोग लगाएकी छन्। कोझिकोड जिल्लाकी ती महिलाले आफूलाई एकपटक होइन पटकपटक दुर्व्यवहार भएको दाबी गरेकी छन्। 

भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता विजय बाबुले उनलाई भूमिका दिने वाचा गरेका थिए तर पूरा गरेनन्। मुद्दा दर्ता भएको पाँच दिनभन्दा बढी समय बितिसक्दा पनि प्रहरीले अभिनेता बाबुलाई सोधपुछका लागि बोलाएको भने छैन।

को हुन् विजय बाबु?
धेरै हिट फिल्ममा काम गरिसकेका विजय बाबु मलयालम फिल्म उद्योगको ठूलो नाम हो। उनी अभिनेतासँगै निर्माता पनि हुन्।

उनको  ‘फ्राइडे फिल्म हाउस’ नामको प्रोडक्सन हाउस पनि छ। उनले धेरै अवार्ड पनि जितिसकेका छन् र अहिले उनीविरुद्ध यस्तो गम्भीर आरोप लागेपछि मलयालम उद्योगमा हंगामा मच्चिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad