कला


दक्षिण कोरियाली डीजेमाथि अमेरिकामा ‘दुर्व्यवहार’

दक्षिण कोरियाली डीजेमाथि अमेरिकामा ‘दुर्व्यवहार’

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १८:४२, काठमाडौँ

एक लोकप्रिय दक्षिण कोरियाली डीजेले अमेरिकामा आफूमाथि दुर्व्यवहार भएको बताएकी छिन्। 

सार्वजनिक स्थानमा आफूमाथि कपडा खोल्न बाध्य पारिएको र आफूले असामान्य व्यवहार सहन बाध्य भएको उनको भनाइ छ। 

वास्तविक नाम ह्वाङ सो ही भएकी डीजे सोडाले इन्स्टाग्राम र ट्विटरमार्फत उडानबाट आफूलाई निकालेर दुर्व्यवहार गरिएको बताएकी हुन्। 

‘मलाई विमानबाट जबर्जस्ती निकालियो र मेरो पेन्ट गेटमै चालक दलका सदस्यहरुको अगाडि खोल्न भनियो’, ३६ वर्षीय उनले लेखेकी छिन्। ह्वाङले उत्तर अमेरिकामा चलिरहेको आफ्नो सांगीतिक भ्रमणका दौडान पेन्ट लगाउँदा यसअघि कहिल्यै यस्तो लफडा नपरेको बताइन्। 

उक्त घटनाका बेला उनले ‘फ...यु’ लेखिएको कालो स्वेटपेन्ट लगाएकी थिइन्। क्लोथिङ ब्रान्ड रिपिनडिपले प्रायोजन गरेको उक्त पेन्टमा सबैतिर सोही अक्षरांकन गरिएको थियो। 

उनले आफू जहाजमा जानुअघिको चेकमा केही नभए पनि सिटमा बसेपछि भने दुव्र्यवहार गरिएको बताएकी छिन्। 

उनको इन्स्टाग्राममा ४३ लाख फलोअर छन् भने ट्विटरमा उनलाई १ लाख २६ हजारले फलो गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad