कलाकार किशोर भण्डारी अर्थात् डिठ्ठासाब वडा सदस्यको उम्मेदवार भएका छन्।
चर्चित हास्य टेलिशृङ्खला ‘डिठ्ठासाब’का प्रमुख पात्र ‘डिठ्ठासाब’ अर्थात् किशोर भण्डारी पनि स्थानीय निर्वाचनको चुनावी मैदानमा उत्रिएका हुन्।
भण्डारीले नेपाली कांग्रेसको तर्फबाट वडा सदस्यमा उम्मेदवारी दिएका छन्। काठमाडौंको काभ्रेस्थलीका स्थायी बासिन्दा भण्डारीले तारकेश्वर नगरपालिका २ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा सर्वसुलभ पहुँच र सुधार आफ्नो प्रमुख एजेन्डा रहेको भण्डारीले बताए ।
603
Shares

प्रतिक्रिया