ad ad

कला


सौगातमाथिको लगानी, बलुवामा पानी

सौगातमाथिको लगानी, बलुवामा पानी

नेपालखबर
बैशाख २१, २०७९ बुधबार ८:११, काठमाडौँ

नेपाली सिने उद्योगकै व्यस्त अभिनेतामा पर्छन् सौगात मल्ल।

अभिनयमा अब्बल सौगातलाई लिएर फिल्म गर्न चाहने निर्माताको सूची निकै लामो छ। उनी अहिले पनि एक वर्षको व्यस्त सेड्युल बनाएर काम गरिरहेका छन्। अर्थात् अबको एक वर्ष उनी व्यस्त छन् ।  

निर्माता पनि उनीमाथि लगानी गर्न लोभ गर्दैनन्। तर, सौगातमा निर्माताले गरेको लगानी भने खेर गइरहेको छ। उनले अभिनय गरेका अधिकांश फिल्मले लगानी उठाउन सकेका छैनन्। 

‘लुट’ र ‘कबड्डी’का सिरिजलाई छोड्ने हो भने सौगातका फिल्मले बक्स अफिसमा चमत्कार गर्न सकेका छैनन्। निकै प्रचारका साथ प्रदर्शन भएको चलचित्र ‘लप्पन छप्पन २’ पनि खासै चल्न सकेन ।  निर्माताले सौगातको नामले फिल्मको निकै प्रचार गरेका थिए। तर, उनले दर्शक हलसम्म तान्न सकेनन्। 

सौगातको मूख्य भूमिका रहेको ‘मन्त्र’ गत साता प्रदर्शन भयो। फिल्म हलमा लागेको समेत धेरैलाई थाहा भएन। सौगातको ‘मन्त्र’ले पोस्टरमा गरेको लगानी समेत उठाउन सकेन। 

समीक्षक र फिल्मकर्मीबाट राम्रै प्रतिक्रिया पाएको ‘मन्त्र’ बक्स अफिसमा नराम्रोसँग पछारियो। दुई दिनको लगातार बिदामा पनि दर्शक तान्न नसकेपछि तेस्रो दिनबाटै फिल्मको शो घटाइएको थियो। 

फिल्म चल्नु र नचल्नुले सौगातको करिअरमा भने कुनै असर गरेको देखिँदैन। उनी निरन्तर व्यस्त तालिकाका साथ काम गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .