भारतीय गायिका कनिका कपूर विवाह बन्धनमा बाँधिएकी छिन्। उनले लण्डनका व्यापारी गौतम हथिरामानीसँग विवाह गरेकी हुन्।
इन्स्टाग्राममा तस्बिर पोस्ट गर्दै कनिकाले आफ्ना विवाह भएको पुष्टि गरेकी छिन्।
उनले आफ्नो राजकुमार भेट्टाएको उल्लेख गरेकी छिन्। उनले हथिरामानीसँग भेट गराइदिएकोमा ब्रह्माण्डलाई धन्यबाद दिएकी छिन्।
सहयात्रा सुरु गर्दा उत्साहित भएको बताउँदै कनिकाले लेखेकी छन् ‘तिमीसँग बुढ्यौली हुन, तिमीलाई माया गर्न र तिमीसँग सिक्न। तर, सबैभन्दा महत्वपूर्ण, तिमीसँग हाँस्न। मलाई हरेक दिन मुस्कान दिएकोमा धन्यवाद। मेरो सबैभन्दा मिल्ने साथी, मेरो सहयात्री र मेरो हिरो।’
गुलाबी रंगको लेहेंगामा सजिएकी कनिकालाई लिन हथिरामानी गुलाबी रंगकै शेरवानीमा सजिएर आएका थिए। कनिका र हथिरामानी विगत एक वर्षदेखि प्रेममा रहेका थिए।
१८ वर्षको उमेरमा व्यवसायी राज चन्डोलसँग विवाह गरेकी कनिकाले सन २०१२ मा डिभोर्स गरेकी थिइन।
डिभोर्सपछि आफ्नो सांगीतिक यात्रामा रमाइरहेकी कनिकाले थुप्रै हिट गीतमा आवाज दिएकी छिन्।
Shares

प्रतिक्रिया