नेपाली अभिनेता विपिन कार्कीले बलिउड फिल्म ‘एनिमल’मा अभिनय गर्ने भएका छन्। नेपाली फिल्म ‘पशुपति प्रसाद’मा भस्मे डनका रुपमा चिनिएर चर्चामा आएका कार्की ‘एनिमल’मा खलपात्रको भूमिकामा देखिने भएका हुन्।
उनले बलिउडका सफल कलाकार रणवीर कपुर र अनिल कपुरको साथमा नायिका रश्मीका मन्दन्नासँग स्क्रिन शेयर गर्नेछन्।
विपिनले धेरै स्क्रिन शेयरचाहिँ खलपात्र अनिल कपुरसँग गर्नेछन्। यो फिल्ममा सन् १८७० का चर्चित भारतीय पहलमानका भाइको भूमिकामा विपिनले निर्वाह गर्ने भएका छन्।
‘एनिमल’ फिल्ममा चाँडै हाँस्ने र चाँडै रुने पात्रका रुपमा आफू देखिन लागेको विपिनले बताए। दोस्रो चरणको छायांकन भैरहेको यो चलचित्र सन्दीप रेड्डीले निर्देशनमा निर्माण भैरहेको छ।
फिल्मको तेस्रो चरणको छायांकनबाट विपिन फिल्ममा मिसिने छन्। नेपाली फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त रहेका विपिन यो फिल्मको काम सकिए लगत्तै मुम्बइ जाने छन्।
‘एनिमल’का लागि उनले ५ दिन मुम्बइमा बिताउने छन्।
Shares

प्रतिक्रिया