अभिनेता भुवन केसी नयाँ फिल्म बनाउन कसिएका छन्।
उनले घरेलु ब्यानर काजल फिल्मसको ब्यानरमा ‘पारस’ फिल्म निर्माण गर्ने भएका छन्। आगामी भदौको पहिलो साता ‘पारस’ छायांकनमा निस्कने भुवनको तयारी छ।
काजल फिल्मसकै ब्यानरमा भुवनले ‘माइतीघर २’ निर्माणको घोषणा गरेका थिए। तर तत्कालका लागि भने यो फिल्मको निर्माण कार्य रोकिएको छ।
समयले कर्मसियल फिल्म मागेकाले माइतीघर छोडेर पारस निर्माणमा लागेको भुवनको भनाइ छ।
मोडल नीति शाहले भुवनका छोरा अनमोल केसीसँग फिल्म खेल्न मन भएको म्यासेज गरेसँगै भुवनले ‘पारस’ निर्माणमा चासो देखाउनुले यो फिल्ममा नीति पनि रहन सक्ने सम्भावनाका बारेमा बजारमा चर्चा सुरु भएको छ। तर भुवन भने कलाकार र निर्देशक केही दिनमा सार्वजनिक गर्ने बताउँछन्।
फिल्मको शीर्ष भूमिकामा भने अनमोल केसी नै देखिनेछन्।
यो फिल्म निर्देशनमा सिमोस सुनुवारको चर्चा भएको थियो। तर भुवनले निर्देशक पक्का नगरेको बताउँदै आफैंले निर्देशन गर्न सक्ने सम्भावना रहेको संकेत गरेका छन्।
Shares

प्रतिक्रिया