अभिनेत्री पूजा शर्मा ठमेलस्थित ‘प्लेब्वाई क्लब’मा भेटिएकी छिन्। उनी अभिनेता आकाश श्रेष्ठसँग क्लबमा नाँच्दै गर्दा भेटिएकी हुन्।
पूजा र आकाश अभिनित फिल्म ‘सम्झना बिर्सना’को आइटम गीत सुटिङका क्रममा भेटिएका हुन्।
आकाश र पूजाले फिल्म ‘सम्झना बिर्सना’को आइटम गीत ‘हाँस्ने खेल्ने बेलैमा’ मा ठमेलको प्लेब्वाई क्लबमा नाचेका हुन्।
क्लबसँगै यो गीतको छायाँकन भक्तपुर दरबार स्क्वायरमा पनि गरिएको छ।
रामजी लामिछानेले कोरियोग्राग्राफी, अन्जु पन्त र किरण गजमेरकाे स्वर सँगैअर्जुन पोख्रेलकाे संगीत रहेकाे छ। फिल्म ‘सम्झना बिर्सना’ आगामी असार ३१ बाट प्रदर्शनको तयारीमा छ।
यो फिल्मको शीर्ष भूमिकामा आकाश र पूजा देखिने छन्। निमेष प्रधानले निर्देशन गरेको ‘सम्झना बिर्सना’मा रेबीका र अद्वितीय प्रधानले सयुक्त रुपमा लगानी गरेका छन्।
Shares

प्रतिक्रिया