एक समयको हिट हाँस्य श्रृंखला ‘तीतो सत्य’का बालकलाकार हुन् राज आचार्य।
उनले उक्त श्रृंखलामा कलाकार दीपाश्री निरौला र दीपराज गिरीको छोराको भूमिका निर्वाह गरेका थिए। उनी निक्कै लोकप्रिय पनि थिए।
उनै राज आगामी असार ७ गते विवाह बन्धनमा बाँधिने भएका छन्। राजले मोडल सुनिशा बजगाईंसँग लगनगाँठो कस्न लागेका हुन्।
राज विदेशमा चार्टर एकाउन्टेन्टको अध्ययन सकेर नेपाल फर्किएका छन्। सुनिशाले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेकी छन्।
राज र सुनिशा लामो समयदेखि प्रेममा थिए। मनोरञ्जन बजारमा यी दुईको प्रेमको हल्ला बेलाबेला चलेपनि अस्वीकार गर्दै आएको यो जोडीले अहिले भने सामाजिक सञ्जालबाटै विवाह बन्धनमा बाँधिन लागेको जनाएका छन्। राज र सुनिरा दुबैले फेसबुक प्रोफाइलमा जोडी तस्बिर राखेका छन्।
1.8k
Shares

प्रतिक्रिया