नायिका संचिता लुइटेललाई दर्शकले अब निर्णायकको भूमिकामा देख्न पाउने भएका छन्।
उनी ‘मेरो डान्स कप यूएसए’को निर्णायक भूमिकामा देखिने भएकी हुन्। इन्ट्रा नेशनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाले आयोजना गरेको प्रतियोगिताका उत्कृष्ट १२ प्रतिस्पर्धीको बाँकी चरणको कार्यक्रम नेपालमा हुने भएको छ।
अमेरिका तथा क्यानडामा बसेका नेपालीहरुले यो प्रतियोगितामा सहभागिता जनाएका छन्। ‘रियालिटी शो’ को निर्णायक भूमिकाका लागि औपचारिक सम्झौता गरेपछि संचिताले निकै खुशी लागेको बताइन्।
इन्ट्रा फाउन्डेशन नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष संजित भण्डारी पनि चर्चित नायिकालाई निर्णायकका रुपमा भित्र्याउन पाउदा उत्साहित देखिएका छन्।
ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुँदै आएको ‘मेरो डान्स कप यूएसए’को उत्कृष्ट १२ मा सुमन लामिछाने, सिवानी ढकाल, विशाल उप्रेती, रेनिजा सुब्बा, रेनुका राई, सत्य बिष्ट, सुमिका तामाङ, आयुष समाल लगायतका प्रतियोगी छन्।
संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार पारेको ‘शो’ले नेपाली भाषी प्रतिभालाई विश्वमाझ चिनाउने आशा गरिएको छ। यो रियालिटी शो का निर्देशक एलिन श्रेष्ठ हुन्।
संचितासँगै यो ‘शो’मा जम्मा ६ जना निर्णायक रहने छन्। मिथिला शर्मा, दिलीप रायमाझी, केकी अधिकारी, शंकर वीसी र नरमान राई उत्कृष्ट यस अघिनै निर्णायकका रुपमा फाइनल भइसकेका थिए।
Shares

प्रतिक्रिया