कला


बाबरीमा जमेको धिरज र अदितीको जोडी

बाबरीमा जमेको धिरज र अदितीको जोडी

नेपालखबर
असार १, २०७९ बुधबार ८:३७, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘बाबरी’को गीत सार्वजनिक गरिएको छ।

अनमोल गुरुङको स्वर, शब्द तथा संगीतमा तयार पारिएको यो गीतमा फिल्मका शीर्ष कलाकार धिरज मगर र अदिती बुढाथोकी देखिएका छन्। 

सीक्किमका रमणीय लोकेशनमा खिचिएको गीतको भिडियोमा धिरज र अदितीको जोडी निक्कै जमेको छ। ‘इन्टु मिन्टु लण्डनमा’पछि पर्दामा देखिन लागेका धिरजको पर्खाइ ‘बाबरी’ले पुरा गर्ने भएको छ। 

सिजन दाहाल, रिता बोहरा, किशोर नेपाल र मनोज त्रिपाठीले ‘बाबरी’को कथा सयुक्त रुपमा लेखेका हुन्।

पुष्पलता बुढाथोकी र गणेश वुढाथोकीले लगानी गरेको ‘बाबरी’को छायांकन नरेन्द्र मैनालीले गरेका हुन्।

चलचित्र ‘बाबरी’ आगामी भदौ ३१ गतेबाट प्रदर्शनमा आउँदै छ।

भिडिओ - 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad