कला


जस्मिनले तोडिन् अनशन, निहारिकालाई न्याय दिने प्रतिवद्धता कायमै

जस्मिनले तोडिन् अनशन, निहारिकालाई न्याय दिने प्रतिवद्धता कायमै

नेपालखबर
असार १, २०७९ बुधबार ९:४५, काठमाडौँ

काठमाडौंको बसन्तपुरमा निहारिका राजपुतको न्यायका लागि अनसन बसेकी जस्मिन ओझाले आफ्नो अनसन तोडेकी छिन्।

अनसन बसेको पाचौँ दिनको दिन साँझ साढे सात बजे अनसनरत निहारिकाको हातबाट जुस खाँदै अनसन तोडेकी हुन्। जस्मिनसँगै निहारिकाको न्यायको माग गर्दै अनसनमा बसेका देव शर्माले पनि अनसन तोडेका छन्। 
पीडित निहारिकाकै अनुरोधमा आफूले अनसन तोडेको अस्मिनले बताएकी छिन्। मंगबार उनीहरुलाई भेट्न अनसनस्थलमा मानअधिकारकर्मी मोहना अन्सारी घटनास्थल पुगेकी थिइन्।

मोहना अन्सारी लगायतले उनलाई वार्ता टोलीको संयोजक भएर वार्तामा जान आग्रह गरेपछि जस्मिनले अनसन तोडेको बताएकी छिन्। नविना लामाले निहारिकाको न्यायका लागि आज संसदमा कुरा उठाउने वचन दिएको जस्मिनले बताएकी छिन्। 

अनसन तोडेपनि आफू निहारिकाको न्यायका लागि लडिरहने जस्मिन बताउँछिन्। जस्मिन भन्छिन् ‘निहारिका अनसनमा छिन्। उनी अनसनमा बसेको छैटौँ दिन भयो। आजबाट आफै संयोजक भएर वार्तामा हरेक निकाय पुगने छु र निहारिकाले न्याय पाउनेछिन्। निहारिकालाई न्याय दिलाउने मेरो प्रतिवद्धता भयो।’

निहारिका २०७६ कात्तिक ६ गते साँझ धनुषाका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार र गर्भ बसेको आरोप सहित न्यायका लागि अनसन बसेकी थिइन्।

उनको काखमा अहिले २१ महिनाको छोरा समेत छन्। यसअघि माइतीघरमा अनसन बसेकी निहारिकालाई त्यहाँबाट प्रहरीले हटाएको थियो।

त्यसपछि बसन्तरपुरमा पुगेकी निहारिका ६ दिनदेखि अनसनमा छिन्।

निहारिकाले आफ्ना पाँच बुदे माग राखेकी छिन्। न्याय माग्ने निकायबाट न्याय नमिलेपछि अनसनको बाटो रोजेको निहारिकाको भनाइ छ।

उनले आफ्नो २१ महिने छोराको डिएनए जाँच हुनुपर्ने लगायतका माग राखेकी छिन्। चार महिनाअघि उच्च अदालत जनकपुरमा दर्ता गराएको गराएको मुद्दाको पेसी समेत नतोकिएपछि निरास भएकी निहारिकाले शिवराजलाई पक्राउ गर्नुपर्ने, आफ्नो मुद्दालाई कमजोर बनाउने वकिल, प्रहरी र न्यायाधीशलाई कारबाही गर्नुपर्ने र बालकको हेरचाह, शिक्षा लगायतको जिम्मा सरकारले लिनुपर्ने माग राखेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad