नेपाली कथानक चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘प्रकाश’ झण्डै जुध्ने स्थितिमा पुगेको थिए।
एकलाई अर्कोको प्रभाव र दवाव पर्ने देखिएपछि दुवै फिल्मले एकै समय रिलिज हुने आँट गर्न सकेनन्।
‘सम्हालिन्छ कहिले मन’ले आफ्नो प्रर्दशन मिति तय गरेको छ।
यो फिल्म आगामी भदौ १७ गते रिलिज हुने भएको छ। अजित कुमार थापाले निर्माण गरेको यो फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्।
फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माले शीर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
उनीहरुका साथमा सोनम, सरोज खनाल, गौरी मल्ल, धिरेन शाक्य लगायतका कलाकार पर्दामा देखिनेछन्।
लण्डन, स्कटल्यान्ड र वेल्समा छायांकन गरिएको यो फिल्म एबी इन्टरनेशनल ब्यानरमा निर्माण भएको हो।
फिल्ममा महेश दवाडीको कथा, अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुको सङ्गीत, सौरभ लामाको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ।
Shares

प्रतिक्रिया