कला


'चिसो मान्छे' को पहिलो दिन : मिश्रित प्रतिक्रिया, औसत व्यापार

'चिसो मान्छे' को पहिलो दिन :  मिश्रित प्रतिक्रिया, औसत व्यापार

नेपालखबर
असार ४, २०७९ शनिबार ८:२१, काठमाडौँ

हिजोबाट नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ।

पोस्टर र ट्रेलरबाटै राम्रो प्रतिक्रिया बटुलेको यो फिल्मले प्रदर्शनको पहिलो दिन मिश्रित प्रतिक्रिया पाएको छ।

दर्शकबाट राम्रो प्रतिक्रिया पाएको फिल्मले समिक्षकबाट भने मिश्रित प्रतिक्रिया पाएको हो। 

दीपेन्द्र के खनालको छायांकन, लेखन तथा निर्देशन रहेको ‘चिसो मान्छे’ बक्स अफिसको प्रतिक्षित फिल्म हो।

यो फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा र देशभक्त खनालले शीर्ष भूमिकामा अभिनय गरेका छन्।

शर्मिला पाण्डेले निर्माण गरेको ‘चिसो मान्छे’ले काठमाडौंदेखि बाजुरासम्मको यात्रालाई मुख्य रुपमा प्रस्तुत गरेको छ। 

फिल्मले राम्रो समिक्षा पाए पनि पहिलो दिनको कमाइ भने औसत देखिएको छ।

देशभरका हलमा प्रदर्शनको पहिलो दिन औसत व्यापार गरेको हो।

फिल्ममा माउथ पब्लिसिटीले काम गर्ने र बिस्तारै दर्शकको फ्लो बढेर जाने निर्देशक खनालको आशा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad