कला


‘कबड्डी ४’ ले कमायो २१ करोड

‘कबड्डी ४’ ले कमायो २१ करोड

नेपालखबर
असार ४, २०७९ शनिबार ९:४३, काठमाडौँ

प्रदर्शनको तेस्रो साता घरेलु बक्स अफिसमा सबै फिल्मले बनाएका चलचित्रको 'रेकर्ड ब्रेक' गरेको ‘कबड्डी ४’ ले २१ करोड ३७ लाख ग्रस कलेक्सन गरेको छ।

प्रदर्शनको तेस्रो सातासम्म आक्रामक व्यापार गरेको यस फिल्मले तेस्रो सातापछि भने औसत कमाइ गरेको थियो। 

यसअघि दीपकराज गिरीको ‘छक्का पन्जा ३’ले उच्च कमाइको रेकर्ड कायम राखेको थियो।

उक्त फिल्मको रेकर्ड समेत ब्रेक गरेको यो फिल्मले काठमाडौं उपत्यकाबाट मात्रै ११ करोड ५८ लाख र उपत्यकाबाहिरबाट ९ करोड ७९ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

सिक्किम बाहेक भारतका अन्य सहरमा पनि यो फिल्मले राम्रो कलेक्सन गरेको छ।

रामबाबु गुरुङले निर्देशन गरेको ‘कबड्डी ४’ अस्ट्रेलिया, जापान र केही युरोपेली मुलुकका सिनेमा हलमा अहिले पनि प्रदर्शन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad