कला


चिसो मान्छे : निर्माताको अनुहारमा खुशी भर्न नसकेकी स्वस्तिमा

चिसो मान्छे :  निर्माताको अनुहारमा खुशी भर्न नसकेकी स्वस्तिमा

नेपालखबर
असार ९, २०७९ बिहिबार ७:३५, काठमाडौँ

अभिनेत्री स्वस्तिमा खड्काको अहिले राम्रै चर्चा छ। उनी अभिनित फिल्म ‘चिसो मान्छे’ हलमा प्रर्दशन भइरहेको छ।

बजारमा उनको अभिनयको तारिफ नै भइरहेको छ। फिल्म हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिए। फिल्म समीक्षकको मिश्रित प्रतिक्रिया पाएकी स्वस्तिमाको व्यापार भने औसत  नै देखिन्छ।

हलमा प्रर्दशन हुनु अगाडि गरिएको हल्लाअनुसार व्यापार गर्न सकेको छैन्। तर फिल्म प्रचारका क्रममा नायिका स्वस्तिमा​ले कुनै कसर बाँकी राखेकी थिइनन्।

उनलाई आफ्नो क्रेज पुष्टि गर्न पनि यो फिल्मले राम्रो व्यापार गर्नुपर्ने दबाव थियाे।

हुन त फिल्म उद्योगमा राम्रो स्टारडम भएकी स्वस्तिमाको स्टारडमले काम नगरेको पहिलो फिल्म ‘चिसो मान्छे’ होइन।

यसअघि पनि ‘हजार जुनी सम्म, घामड शेरे, चपली हाइट ३’ लगायतका फिल्म उद्योगमा नराम्रोसँग पछारिए।

जहाँ स्वस्तिमाको शीर्ष अभिनय रहेको थियो।

फिल्म ‘बुलबुल’बाट अभिनयको राम्रो तारिफ पाएकी स्वस्तिमाको यो क्रम भने ‘चिसो मान्छे’सम्म आइपुग्दा झनै चुलिएको छ। ‘चिसो मान्छे’ले  उनलाई प्रशंसा दिए पनि उनले निर्माताको मुहार खुशी छर्न भने सकिनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad