र्याप गायन रियालिटी शो ‘नेपहपको श्रीपेच’ गत साता सम्पन्न भयो। भाइवर साइमनले प्रतियाेगिताको शीर्ष उपाधि उचाले।
उपाधि विजेता साइमनलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले मुकुट प्रदान गरेका थिए। अहिले उक्त मुकुट विवादमा परेको छ।
‘नेपहपको श्रीपेच’का विजेतालाई लगाइदिएको मुकुट बज्रयान बुद्धधर्ममा गुरुबाट बज्राचार्य अभिषेक पाएपछि लगाइदिने मुकुट भन्दै संस्कृति तथा सम्पदा अभियान्ताहरुले विरोध गरेका हुन्।
यो मुकुट र्याप ब्याटल जितेर पुरस्कार पाउने नभै पञ्चतथागत अनुसार रहेको मुकुट भएको संस्कृति तथा सम्पदा अभियान्ता मिलनरत्न बज्राचार्यले बताएका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘यसको महत्वलाई ध्यानमा राखिदिनुहोला। यसको महत्वलाई दर्शाउन अनुरोध छ, ताकि यस्तो काम फेरि नहोस्।’
यो मुकुट ‘नेपहपको श्रीपेच’ का निर्देशक निकेश खड्का र निर्माता सुदीप पोखरेल तथा रोशन श्रेष्ठको डिजाइनमा तयार पारिएको हो।
Shares

प्रतिक्रिया