अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको जीवन जिउने आफ्नै तरिका छ। व्यक्तिगत जीवनमा रमाइरहेकी साम्राज्ञी सामाजिक क्षेत्रमा त्यति धेरै भेटिन्नन्। मिडियाबाट पनि टाढै रहन रुचाउने उनी हत्तपत्त सञ्चारकर्मीका अगाडि पर्दिनन्।
उनको यहीह बानीबाट हैरान सञ्चारकर्मीले कैयौंपटक उनको स्वभावसँग असन्तुष्टि पोखेका छन्। तर साम्राज्ञीले कुनै जवाफ दिइनन्।
यसै साता लन्डन जान विमानस्थल पुगेकी साम्राज्ञीले छोटो प्रतिक्रिया दिइन। धेरैले घमण्डी नायिकाको आरोप लगाइरहेका बेला साम्राज्ञीले आफूलाई गरेको व्यवहारअनुसार अरूलाई पनि व्यवहार गर्ने बताइन। उनले भनिन्, ‘मलाई तपाईंजस्तो व्यवहार गर्नुहुन्छ, म त्यस्तै छु। मसँग नरम हुनुभयो भने मजतिको मिल्ने कोही पनि हुँदैन।’
उनीसँगै लन्डन यात्रामा रहेकी मोडल गरिमा शर्माले पनि साम्राज्ञीको भनाइलाई थप बल दिदै भनिन्, ‘मलाई पनि नभेट्दासम्म उनी घमण्डी नै छन् कि जस्तो लाग्थ्यो, भेटेपछि सोचाइ परिवर्तन भयो।’
त्यसो भए केही समयदेखि सञ्चारमाध्यममा कडा रूपमा प्रस्तुत भइरहेकी साम्राज्ञीलाई यति कडा केले बनाइरहेको छ त? अहिले मनोरञ्जन दुनियाँमा उनलाई कडा बनाउने ‘तत्व’को खोजी सुरु भएको छ।
Shares

प्रतिक्रिया