चर्चित र्यापर लाउरे अर्थात् आशिष राना नयाँ गीत लिएर बजारमा आएका छन्।
उनले पछिल्लोपटक ‘बिरामी’बोलको गीत बजारमा ल्याएका हुन्। लागुऔषध प्रकरणमा धरौटीमा रिहा भएका लाउरले त्यसयता पहिलोपटक गीत सार्वजनिक गरेका हुन्।
गीतमा लाउरेकै शब्द छन्। संगीत भने रोहित शाक्यले गरेका छन्। सार्वजनिक गीतको म्युजिक भिडिओमा आगुऔषधमा फसेका लाउरेकै कथा देखाएकाे छ।
गीतमा लागुऔषधमा फस्ने व्यक्तिलाई बिरामीको संज्ञा दिइएको छ।
लागुऔषध प्रयोगकर्ताका रुपमा उत्तम राईले अभिनय गरेका छन्। उत्तमसँगै लाउरे, सुभम बोहोरा र सुजित सञ्जित पनि भिडिओमा देखिएका छन्।
मन्जित लामा र रेवत श्रेष्ठले छायांकन गरेको गीतको भिडिओलाई रोहित शाक्यले सम्पादन गरेका हुन्।
गीतमार्फत आफ्नै कथा प्रस्तुत गरेको लाउरेले बताएका छन्।
उनले भने ‘म आफैं लागुऔषधमा फसेको मान्छे भएकाले मैले भोगेको घटनाहरूलाई गीतमार्फत प्रस्तुत गरेको छु,’ उनले यो गीत मनले लेखेको बताएका छन्।
भिडिओ :
Shares

प्रतिक्रिया