कला


बेलायतवासी गायिका सुमिता राईले ल्याइन् ‘सुख खुसी’ (भिडिओ)

बेलायतवासी गायिका सुमिता राईले ल्याइन् ‘सुख खुसी’ (भिडिओ)

नेपालखबर
असार २४, २०७९ शुक्रबार ८:१८, बेलायत

लामो समयबाट बेलायत बसोबास गरिरहेकी गायिका सुमिता राईको ‘सुख खुसी’ बोलको म्युजिक भिडिओ हालै सार्वजनिक भएको छ।
गीतमा शब्द हिमकला किराती तथा संगीत गङ्गाराज राईका छन्। रेकर्डिङ  पनि उनैले गरेका हुन्। 

राजु कार्कीले एरेन्ज गरेको गीतको भिडिओ कुशल श्रेष्ठले छायांकन, सम्पादन र निर्देशन गरेका हुन्। यसमा दिपिका श्रेष्ठ र शिव श्रेष्ठले सहयोग पुर्याएका छन। सबै काम बेलायतमै सम्पन्न गरिएको हो। 

भिडिओमा गायिका स्वयं र खरुन राईको अभिनय  छ। राजधानी लन्डनको प्रसिद्द्ध पर्यटकीय स्थलमा छायांकन गरिएको म्युजिक भिडिओमा भाग्य खोज्दै विदेश पुगेर प्रशस्त पैसा कमाए पनि त्यसले वास्तविक सुख र खुसी दिन नसक्ने र सधैं आफ्नै गाउँघर र देशको यादले भावुक बनाइरहने कुरा प्रस्तुत गरिएको छ। 

शिक्षण पेसामा आबद्ध गायिका राईले गत वर्ष ‘वाचा बन्धन’नामक म्युजिक भिडिओ सार्वजनिक गरेकी थिइन्। गायिका राइले ‘सगुन’ गीति एल्बमसमेत सार्वजनिक गरिसकेकी छन्। 

सानैदेखि गीत संगीतमा रुचि भए पनि त्यो साकार पार्न लामो समय लागेको गायिका राईले नेपालखबरसँग बताइन्। शिक्षणसँगै सांगीतिक यात्रालाई  निरन्तरता दिने र भविष्यमा थप म्युजिक भिडिओ बनाउने उनको योजना छ।

गायिका राईको यो छैटौं अफिसियल म्युजिक भिडिओ हो। हाल एक गीति एल्बमका निम्ति तयारीमा जुटेको जानकारी उनले दिइन्। 

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad