कला


‘परदेशी २’ को टिजर सार्वजनिक

‘परदेशी २’ को टिजर सार्वजनिक

नेपालखबर
असार २४, २०७९ शुक्रबार १४:१८, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘परदेशी २’ को टिजर सार्वजनिक भएको छ।

नारायण रायमाझी निर्देशित चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति समेत पक्का गरिएको छ।

यो फिल्मी दसैंको अवसर पारेर आगामी असोज १४ गते अल नेपाल रिलिज हुने भएको छ।  

२ मिनेट ३० सेकेण्डको टिजरमा फिल्मका शीर्ष कलाकार प्रकाश सपुत, दीलिप रायमाझी, केकी अधिकारी, प्रशान्त तामाङ र वर्षा शिवाकोटीलाई प्रस्तुत गरिएको छ।

यही फिल्म मार्फत गायकका रुपमा परिचय बनाएका प्रकाश सपुत नायकका रुपमा फिल्ममा डेब्यु गरेका छन्।

वैदेशिक रोजगारीको कथा प्रस्तुत गरिएको ‘परदेशी’को दोस्रो सिरिजमा नेपाली युवा पुस्ताको विदेश मोहको कथामा निर्माण गरिएको टिजरले बताउँछ। सार्वजनिक टिजरमा पात्रको प्रेम, वियोग र द्वन्द्व देखाउने प्रयत्न गरिएको छ। 

नारायण इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण भएको यो फिल्ममा नारायण रायमाझीसँगै राजेश बंशलले निर्माणमा सहकार्य गरेका छन्। फिल्मको कथा रमेश बिजीले लेखेका हुन्।

फिल्ममा नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्की लगायतका कलाकारले पनि अभिनय गरेका छन्। 

निर्देशक रायमाझीले निर्देशन गरेका ‘गोर्खा पल्टन’, ‘परदेशी’ लगायतका फिल्म नेपाली बक्स अफिसमा हिट भएका छन्।

रायमाझीको यो फिल्म पनि बक्स अफिसको प्रतिक्षित फिल्मको सूचीमा रहेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad