अभिनेत्री नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारी वैवाहिक बन्धनमा बाँधिएका छन्। यो जोडी आज (शुक्रबार) काठमाडौंको याक एन्ड यति होटलमा विवाह बन्धनमा बाँधिएका हुन्।
चार वर्षदेखि प्रेममा रहेका हरिहर र नीताले नजिकका सीमित आफन्तका बीच बिहे गरेका हुन्।
नीता र हरिहरले आफ्नो वैवाहिक समारोहमा सञ्चारकर्मीलाई निम्ता गरेनन्। आफ्ना नजिकका आफन्त र चलचित्रकर्मीलाई मात्रै बोलाएको उनीहरुको विवाहमा पुराना अभिनेता सरोज खनाल पुगेका थिए।
विवाहअघि नीता र हरिहरले मनाएको मेहन्दी तथा संगीत पार्टीमा रेखा थापा, अनु थापालगायत चलचित्रकर्मीले सहभागीता जनाएका छन्।
विवाहलगत्तै नीता र हरिहर फिल्म छायांकनमा निस्कने तयारीमा छन्।
441
Shares

प्रतिक्रिया