कला


धरानका मेयर साम्पाङसहितको स्वरमा हाइकिङ गीत

धरानका मेयर साम्पाङसहितको स्वरमा हाइकिङ गीत

नेपालखबर
साउन १०, २०७९ मंगलबार १३:५८, काठमाडौँ

धरान उपमहानगरपालिकका प्रमुख हर्कराज राई (साम्पाङ) सहितको स्वरमा बनाइएको हाइकिङ गीत धरानमा सार्वजनिक गरिएको छ। 

सेवक अभियानले सुरु गरेको 'स्वास्थ्यका लागि पदयात्रा' अभियानलाई समेटेर बनाइएको गीत सार्वजनिक गरिएको हो। गीतको रचना पदयात्राका अभियन्ता राजीव हलुवाइले गरेका छन्।

उक्त गीतमा चर्चित गायक तथा गायिकाहरु राजेशपायल राई, रमना श्रेष्ठ, मेलिना राई, प्रश्ना शाक्य, डिल्ली फोम्बो, शिव लामिछाने, पम्फा चाहारसँगै धरानका प्रमुख हर्क साम्पाङले पनि स्वर दिएका छन्। 

गीतमा मनोज मोतेले सङ्गीत भरेका छन्। 

धरानका पाखापखेरीमा घुम्न प्रोत्साहन गर्न र पदयात्राको सम्भावना भएको क्षेत्रलाई समेटेर भिडियो बनाइएको हो।

कार्यक्रममा धरान–८ स्थित अनुपमा प्याकेजिङ उद्योगले उत्पादन गरेको प्रिमियम सिटिसी चिया धरान पनि नगर प्रमुख र उपप्रमुखलाई हस्तान्तरण गरिएको थियो। 

हलुवाइले धरानमा पदयात्रा संस्कृतिलाई व्यापक गर्न लामो समयदेखि अभियान चलाउँदै आएका छन्।

 स्वास्थ्यका लागि हिँडौँ भनेर उनले प्रत्येक शनिबार नयाँ नयाँ ठाउँमा समूह बनाएर पदयात्रा गर्दै आएका छन्।

 हलुवाइको अभियानको प्रभावले धरानमा पदयात्रामा निस्कने धरानेहरुको सङ्ख्या ठूलो छ। पदयात्राको  अगुवाइ गरिएकाले यहाँ उनी 'हाइकिङ बाबा' को नामले पनि परिचित छन्। 

उनै हलवाइले रचना गरेको हाइकिङ गीत सोमबार सार्वजनिक गरिएको हो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad