ज्ञानेन्द्र देउजा निर्देशित नपाली फिल्म ‘‘झिंगेदाउ’को दोस्रो लिरिकल गीत ‘ईश्वरसँग पनि’ सार्वजनिक गरिएको छ।
सार्वजनिक गीत भिडियोमा सिनेमाका चल अचल दृश्य समावेश गरिएको छ।
अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा कमल खत्री र अस्मिता अधिकारीको स्वर छ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतको लिरिकल भिडियोमा अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता मुकुन भूसाल, कुशल बिष्ट र हिँउवाला गौतमलाई देख्न सकिन्छ।
सिनेमामा पहिलो पटक अभिनेत्री केकी र आँचल जेठानी देउरानीको भूमिकामा देखिएका छन्।
सिनेमाको यसअघि सार्वजनिक गीत ‘आगोबिना बिँडी जल्दैन’ले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाएको निर्माण टिमले यो गीतबाट पनि दर्शकको मन जित्ने अपेक्षा राखेको छ।
कपनगडी सिनेमा र फिल्म क्रियु नेपालको ब्यानरमा निर्माण भएको सिनेमामा संगम भण्डारी, विजय देउजा, आर्यन खड्का, अजयराज बराल, आशा भुषाल लगायतका कलाकारको पनि अभिनय रहेको छ।
भिमनिधि तिवारीद्वारा लिखित ‘झिँगेदाउ’कथामा आधारित सिनेमाको पटकथा तथा संवाद प्रदीप भारद्वाजले लेखेका हुन्।
बिष्णु कल्पित छायांकन रहेको सिनेमाको सम्पादकको जिम्मेवारी मित्र डि गुरुङले सम्हालेका छन्।
सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता रहेको सिनेमाको सह–निर्मातामा सुशील दाहाल र ईश्वर घिमिरे छन्।
निर्देशक देउजाले सिनेमालाई स्तरीय बनाउन आफूले सकेको प्रयास गरेको बताए।
आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउने सिनेमामा केकी र आँचलले पहिलो पटक एकसाथ पर्दा सेयर गरेका हुन्।
Shares

प्रतिक्रिया